नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार नै बन्छ- बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको बताउदै यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै पनि शंका नरहेको जिकिर गरेका छन् ।
उनले भने- ‘नयाँ सरकार कसरी बन्छ भन्नेबारेमा माननीय ज्यूहरुले आ आफ्ना दलिल पेश गर्नुभयो । म सुन्दैछु, बालुवाटारमा केही कानून व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनु भएको छ । तर, सत्य के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनैपनि अड्चन देखाएको छैन् ।'
सांसद बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिन बालुवाटार जादा प्रधानमन्त्री प्रचण्डले गाएको गीत गाएको प्रसंग उल्लेख गर्दै भने- ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले- कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु भन्दै भने- तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’।
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_BpgSmyBxs7_2zzxm8dktdnacfkjf7xgzluculvyyrtadbdahmyh7uy1jrqpobbkcolginmf.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_l3fja1ds3o_gy8ucicueejotf8yrfuyng2pushga5gyt5afw1pbqpf3t0hqerpt6nq0l83j.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_4IxvM3AXI5_hasgk9mvep8crlgio7zdwzgjngd7hwzzutdy0n3jxzkoqaexnxru8njyp7up.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_q1fGVroQSy_ivjqzyoanzdrdsfjgivzvdjxpr6rgkdwstplg8sj3fwrc3x9v3pzdntutewb.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_zF2cB1cf9I_fc3dj7x1poov6hkjv6aopzacxajphozq4coaqvctlak9ci9gqurxiliyshze.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_n2Ve5ykiR6_kdyj6eb6rle2yj246n7hg2vn8ijgmn2lrfefo1exvzf9allmioczugdpukci.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_cmW77Psy5D_70qh4r9s1yswwfugersddmwtigh4q2cogh8mzcatfwlbkkpucnze4on5swmz.jpg)
प्रतिक्रिया