अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

सुन्नुहोस्

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको छ ।
नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा अवरुद्ध सडक सुचारु गरेको हो ।
 

प्रतिक्रिया

सम्बन्धित