प्याबसन ललितपुरद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

सुन्नुहोस्


काठमाडौं । 
निजी तथा आवासीय बिघालय अर्गनाइजेशन नेपाल (प्याबसन) जिल्ला कमिटि ललितपुरले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी , बिघालय र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ । प्याबसन ललितपुरले सोमबार एक कार्यक्रम आयोजना गर्दै एसईईमा ३.६५ जीपीए भन्दा माथि ल्याउने विद्यार्थी, बिघालय एबम् अभिभावकलाई सम्मन पत्र र मायाको चिनो सहित सम्मान गरेको हो । 

२०८० सालको एसईईमा ३.६५  जीपीए भन्दा बढि नतिजा प्राप्त गर्ने बिघार्थी , बिघालय र उनीहरुका अभिभावक लगाएत बिभिन्न प्रतियोगितामा उत्कृष्ठ भएका बिघार्थीहरुलाई बिशेष कार्यक्रमका साथ सम्मान गरिएको प्याबसन जिल्ला कमिटि ललितपुरका अध्यक्ष एबम् अनलज्योती माध्यामिक बिघालयका प्रिन्सीपल निरज मर्हजनले बताउनु भयो । यस्तो कार्यक्रम ललितपुर भित्रका बिघालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि छलफल गर्ने थलो भएको र आगामि बर्षहरुमा एसईई परिक्षामा सामेल हुने बिघार्थीहरुका लागि उत्प्रेरणा समेत हुने अध्यक्ष मर्हजनले बताउनु भयो । यो कार्यक्रम उत्सब मनाउने थलो समेत भएको बताउँदै अध्यक्ष मर्हजनले भन्नुभयो " बिघार्थी ,अभिभाबक, शिक्षक लगाएतले एक बर्ष लामो मिहेनतलाई सम्बोधन गर्ने दिन भएकाले पनि यो कार्यक्रम बिशेष छ । "

कार्यक्रममा प्याबसन जिल्ला कमिटि ललितपुरका पुर्ब अध्यक्षहरुलाई शिक्षा श्रेत्रमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै प्याब्सन गौरव सम्मानद्धार सम्मानित समेत गरिएको थियो ।  

प्याबसन ललितपुरको नियमित कार्यक्रम अन्र्तगत एसईईमा उत्कृष्ठ नतिजा ल्याउने बिघार्थीहरु प्रोत्साहनका साथै उनीहरुको सफल शैक्षिक यात्राको शुभकामना दिने उद्देश्यले आयोजना गरिएको सम्मान कार्यक्रम बिभिन्न बिघालयका बिघार्थीहरुले सांस्कृतीक नृत्य प्रस्तुती समेत दिएका थिए ।

सम्मान कार्यक्रममा सम्मानित बिघार्थीहरुलाई प्याबसन जिल्ला कमिटि ललितपुरद्धारा थ्रि डि आर्ट म्युजियममा निशुल्क भ्रमणका लागि प्रबेश पास उपलब्ध गराएको  थियो भने शिक्षा श्रेत्रमा योगदान गर्ने बिभिन्न ब्यक्ती एबम् संस्थाहरुलाई मायो चिनो समेत प्रदान गरेको थियो । 

कार्यक्रम निजी तथा आवासीय बिघालय अर्गनाइजेशन नेपाल (प्याबसन) केद्रिय कमिटिका पदाधिकारी ,प्याबसन ललितपुरका एबम भक्तपुर जिल्ला कमिटिका  पदाधिकारीहरु , सदस्य बिघालयका प्रतिनिधि , शिक्षाबिद् , बिघार्थी , अभिभाबक पत्रकार लगाएतको उपस्थिीति रहेको थियो । 

सम्मान कार्यक्रमको नमस्ते ख्वप टेलिभिजनबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । 


प्रतिक्रिया

सम्बन्धित