नारायणगढ–मुग्लिनमा खसेको पहिरोले दुई वटा बस बगायो
काठमाडौं– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा खसेको पुष्टि भएको छ ।
खसेका बसमध्ये एकमा ४१ र अर्कोमा २४ जना रहेको खुलेको छ ।
जसमध्ये तीनजना हामफालेर बाच्न सफल भएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी रवि कुमार पौडेलले जानकारी दिए ।
आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।
प्रारम्भिक जानकारी अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको खुलेको छ ।
अहिले उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ । यात्रुको अवस्था अज्ञात छ ।
प्रतिक्रिया