अवतरणका क्रममा भैरहवा रनवेबाट चिप्लियो बुद्धको जहाज

रूपन्देही– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । 

बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको हो । जहाजको एकातर्फको चक्का माटोमा गाडिएको छ ।

बिहीबार राति साढे ९ बजे काठमाडौंबाट भैरहवाका लागि उडेको जहाजलाई तानेर पार्किङ एरियातिर ल्याउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित