एनआरएन मलेसियाका अध्यक्ष ठगि धन्दामा

विष्णु विष्ट /मलेसिया। गैर आवसिय नेपाली संघ (एनआरएन)मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेलाई मलेसियामा रहेका नेपाली लाई काम लगाइदिने र भिषा लगाइदिने नाममा श्रमीक ठगी गर्ने गरेको आरोप लागेको छ । एनआरएन अध्यक्षमा हालै निर्वाचित भएका न्यौपानेको मलेसियामा एटि गार्ड सेक्युरेटी कम्पनी रहेका छ । सोहि सेक्युरेटि कम्पनीमा काम गर्ने नेपालीलाई भिषा लगाइदिने र अन्य नाममा रकम अशुल्ने गरेको र श्रमीकलाई पिडामा पार्ने गरेको आरोप श्रमीकले लगाएका छन् ।

मलेसियामा रहेका अवौधानीक हैसियतका नेपालीलाई आफ्नो कम्पनीमा काम गरे भिषा लगाइदिने आश्वासन दिएर न्यौपानेले नेपाली श्रमीकलाई एटि गार्डमा काम लगाएपनि भिषा नलाएपनि श्रमीक वाट भिषा वापतको रकम असुल्दै आएको श्रमीकले आरोप लगाएका छन् । मलेसियन नागरीक र न्यौपाने मिलेर एटि गार्ड सेक्युरेटी कम्पनी संन्चालन गर्दै आएका छन भने उनको कम्पनी मा काम गर्ने सेक्युरेटी नेपाली रहेका छन्।

मलेसिया सरकारले अवौधानीक आप्रवासी लाइ वौधानीक वन्न अवसर दिएर ल्याएको रिहाइरिङ्ग कार्यक्रममा न्यौपानेको कम्पनीले पनि आफ्ना कम्पनीमा कार्यरत अवौधानीक नेपालीलाई भिषा लगाउने भन्दै श्रमीक वाट रकम असुलेको थियो । तर श्रमीकका अनुसार अझै सम्म पनि भिषा नलागएको पाइएको हो । पिडीत मध्येका सुर्खेतका अमर पराहि मगरले मौखिक रुपमा एटि गार्ड कम्पनीले पासपोर्ट वनाइदिने र भिषा लगाइदिने सहमतीमा ३हजार रिङ्गेट वुझाए । यदि भिषा नलागाएको खण्डमा एटि फोर्सले पैसा फिर्ता गर्ने र नेपाल पठाउने सहमती गरे पनि भिषा नलागी सके पछि एटि फोर्से पैसा पनि फिर्ता नगरेको र नेपाल पनि नफार्काएको हो । पराहि मात्र नभइ उनी जस्ता २५० भन्दा वडि नेपाली श्रमीक यसरी पिडित वनेको उनले वताए । सास वचाएर वाच्नु पर्ने अवस्था रहेको उनले वताए ।

पिडीतहरु घर फर्किन चाहे पनि एटि फोर्सले घर नफार्काएको वताए ।गैर आवसीय नेपाली संघ मलेसियाको अध्यक्षमा निर्वाचित भए पछि नेपाली श्रमीकका पक्षमा काम गर्ने वताएका न्यौपानेकै कम्पनीमा कार्यरत नेपाली श्रमीकको अवस्था गाहे भएको पटक पटक नेपाली दुतावास समक्ष पु¥याएपनि श्रमीकका पक्षमा सुनुवाइ नभएको अर्का पिडीत टेक ध्वज घर्तीले वताए ।  घर्तीले कारवाहिका लागि न्यौपाने लगायतकालाई नेपाली दुतावास मलेसिया समक्ष निवेदन दिदा पनि सुनुवाइ नभएको वताए ।

प्रतिक्रिया

सम्बन्धित