सर्वोच्चको आदेशपछि एनसेलले डलर अपचलन गर्ने खतरा, देशको अर्थतन्त्र नै संकटमा !

काठमाडौं  । एनसेलले अबैध रुपमा आठ अर्ब ३६ करोड रुपैयाँ लाभांश लैजादा देशको भुक्तानी सन्तुलन साढे तीन अर्ब रुपैयाँले ऋणात्मक भएको भएको जानकारी प्रस्ट हुँदाहुँदै  सर्वोच्च अदालतले अर्को बिबादास्पद निर्णय गरेर राज्यको ढुकुटीमाथि नै खेलवाड गरेको छ ।

  आईतवार लाभकर विवादमा रहेको एनसेललाई लाभांश विदेश लैजान स्वीकृति मात्रै दिएको छैन लाभांश विदेश लैजाने कार्यमा कुनै बाधा अवरोध सिर्जना नगर्न समेत आदेशमा दिएपछि यो देशको कानुन कताबाट चलेको छ भन्ने गम्भिर प्रश्न खडा भनेको छ ।  ७२ अर्ब रुपैयाँ रिजर्भ रहेको एनसेलले नेपाललाई तिर्नु पर्ने पूँजीगत लाभकर भुक्तानी नै नगरेको अवस्थामा  लाभांश लैजान स्वीकृती दिएपछि टेलिकम क्षत्रमा मात्र नभई अन्य क्षत्रका माफियाहरुलाई अब समेत सहज भएको छ ।

   अर्कोतिर देशको अर्थतन्त्र नै संकटमा पर्ने अवस्था आएको छ।एनसेलले गत वर्ष भदौमा मात्रै आर्थिक वर्ष २०६८र०६९ का लागि छुट्टयाइएको ११ अर्ब रुपैयाँ लाभांशमध्ये आठ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी लगेको थियो। एनसेलले त्यसयता पाँच आर्थिक वर्षको लाभांश भुक्तानी लिएको छैन। एनसेलले आर्थिक वर्ष २०६९ र ७० का लागि ११ अर्ब रुपैयाँ थप लाभांश घोषणा गरेको थियो।

 त्यसयता एनसेलले कति लाभांश घोषणा गरेको छ, त्यसको सार्वजनिक जानकारी छैन। लाभांश घोषणापछि पाँच प्रतिशत लाभांश कर र स्थानीय साझेदारको २० प्रतिशतबाहेक अन्य रकम एनसेलले विदेश लैजान सक्छ।

 लाभांश बापत यति ठूलो रकम बाहिरिँदा देशको समग्र विदेशी विनिमय सञ्चिती घटेर आयात धान्ने क्षमतामा कमी आउने त छ नै देशको अर्थतन्त्र अब टाट पल्टने अवस्थामा पुगेको छ । एनसेलले केही पैसा डलर खातामा पनि राखेको छ। त्यो पैसा बैंकहरुले अल्पकालीन रुपमा विदेशी बन्डहरुमा लगानी गरिरहेका छन्। एनसेलले आफ्नो पैसा माग्ने वित्तिकै बैंकहरुले बुझाउनु पर्ने हुँदा अब डलर अपचलन हुने अर्को खतरा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित