नलिञ्चोक हेलिपोर्टमा बिहीबारदेखि उडान–अवतरण बन्द

भक्तपुर ।
सुरक्षाका कारण देखाउँदै उडान गर्ने नसक्ने भन्दै पाइलटहरुले उडान–अवतरण रोकेपछि  नलिञ्चोक हेलिपोर्ट बन्द भएको छ । उडान सुरक्षामा उच्च जोखिम रहेको भन्दै हेलिकप्टर उडाइरहेका पाइलटले बिहीबारदेखि उडान–अवतरण गर्न नसक्ने भन्दै रोकेपछि हालसालै मात्र संचालनमा आएको भक्तपुरको नलिञ्चोकमा रहेको  हेलिपोर्टबाट उडान अबतरण बन्द भएको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईचाप बढि भएर समस्या आएको भन्दै सरकारले गत  ७ असारदेखि नलिञ्चोकमा हेलिपोर्ट सञ्चालनमा ल्याएको थियो । 

बिभिन्न कम्पनीका हेलिकप्टर उडाउने ४७ पाइलटहरूले नलिञ्चोक हेलिपोर्टमा उच्च उडान सुरक्षा जोखिम रहेकाले २७ असारदेखि कुनै पनि उडान नगर्ने लिखित जानकारी उड्डयन प्राधिकरणमा बुझाएका थिए ।  नलिञ्चोक हेलिपोर्टमा हवाई इन्धन (एयर टर्बाइन फ्युल) सुविधा, अग्नि नियन्त्रण उपकरण, कार्गो, यात्रु तथा सामान जाँच्ने स्क्यानर मेसिनलगायत केही पनि सुबिधा नरहेको भन्दै पाइलटहरुले उडान भर्न नसक्ने भन्दै उडान अबतरण बन्द गरेसँगै हेलिपोर्ट संचालन अलमलमा परेको छ ।  

नागरिक उड्डयन प्राधिकरणले ११ करोड ९० लाख रुपैयाँ लगानीमा नलिञ्चोक हेलिपोर्ट साढे दुई वर्ष अवधिमा निर्माण सकेको हो । हेलिपोर्टले ३३ रोपनी क्षेत्रफल ओगटेको छ ।

प्रतिक्रिया

सम्बन्धित