सिमलताल दुर्घटना अपडेट : थप दुईजनाको शव भेटियो


चितवन ।
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसमा सवार यात्रुमध्ये थप दुईजनाको शव भेटिएको हो । यसअघि शनिबार तीनजनाको शव भेटिएको थियो । तीनवटा शव आफन्तले बुझिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपाल साहको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।

गत शुक्रबार काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस सिमलतालमा पहिरो खस्दा दुवै बस त्रिशूलीमा बगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित