सिलवालको किर्ते प्रकरणमा पत्रकारसँग प्रहरीले कागजात मागेको घटनाप्रति प्रेस युनियनको आपत्ति

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले हालका सासंद एबम तत्कालिन डिआईजी नवराज सिलवालको किर्ते प्रकरणलाई लिएर केही पत्रकारसंग सम्बन्धित कागजात उपलब्ध गराइदिन गरेको पत्राचारप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले आज एक विज्ञप्तिमार्फत केही सञ्चार माध्यममा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको सक्कली र नक्कली भनिएका कार्यसम्पादन मूल्यांकन प्रकाशित भएको सन्दर्भमा सोको स्रोत समेत खुलाइ कागजात उपलब्ध गराइदिन गरिएको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

“स्वतन्त्र प्रेसले समाजको विभिन्न विषयमा आफ्ना स्रोतबाट प्राप्त सामग्रीलाई प्रस्तुत गर्न सक्छ र यसको स्रोत खोल्न बाध्य पारिने छैन भन्ने मान्यतालाई यो पत्रले ठाडै उलंघन गरेको छ” महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्मानित अदालतले अनुसन्धान गर्न दिएको आदेशपछि अनुसन्धान गर्नुपर्ने निकाय प्रहरीले आफ्नो सहजताको लागि सञ्चारमाध्यमलाई स्रोत खोल्न भन्नुभन्दा सो प्रकरणमा आरोपित र त्यस प्रकरणबाट फाइदा पाउने पक्षलाई नै अनुसन्धानको दायरामा ल्याएर बुझ्दा नै उपयुक्त हुने युनियनको ठहर छ ।

 

प्रतिक्रिया

सम्बन्धित