अध्यादेश पास नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं : नेपाली कांग्रेसका ६ भातृ तथा शुभेक्षुक संस्थाले राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश पारित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, डेमोक्र्याटिक लयर्स एशोसिएसन र नेपाल खलित संघका अध्यक्षहरुले यस्तो चेतावनी दिएका हुन् । जारी विज्ञप्तीमा संविधानको धारा ६१ को उपधारा ४ बमोजिम संविधानको पालना र संरक्षण गर्ने राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने उल्लेख भएको भन्दै संविधानको धारा ११४ को उपधारा १ मा उल्लेखित वयवस्था विपरित राष्ट्रपतिले अध्यादेश रोकेर राखेकोमा आफूहरुको आपत्ति रहेको जनाईएको छ । यस अघि नै नेपाल विद्यार्थी संघ लगायतले विरोधका कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । सोमबार जारी विज्ञप्तीमा तत्काल राष्ट्रिय सभा सम्बन्धी अध्यादेश पारित नगरे आफूहरु कडा आन्दोलनमा उत्रिन बाध्य हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित