गंगालाल हृदय केन्द्रलाई पाँचसय शय्याको बनाउने मन्त्री पौडेलको प्रतिवद्धता


काठमाडौँ ।
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने गुरु योजना रहेको बताएका छन् । यस्तै उनले अन्य ६ वटा प्रदेशमा समेत हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भए लगत्तै केन्द्रको अनुगमनमा पुगेका पौडेलले अस्पतालका कार्यकारी निर्देशक तथा कर्मचारीहरुसँगको छलफलका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री पौडेलले अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित