नेपालमा आई बि एम स्कुल प्रोग्राम औपचारिक रुपमा शुरु

सुन्नुहोस्

काठमाडौ । 
नेपालमा आई. बि. एम स्कुल प्रोग्राम औपचारिक रुपमा शुरु गरिएको छ । बिश्वप्रख्यात कम्पनी आई. बि. एम. अन्र्तगतको आई. बि. एम. स्कुल प्रोग्राम एसियन ईलर्निङ नेपालले शुरु गरेको हो । प्रोग्रामको काठमाडौको नक्सालमा बिशेष समारोहका बिच शुरुवात गरिएको हो । 

आई बि एम स्कुल प्रोग्राम नेपालका कन्सल्ट्याण्ट एड्भाइजर डा. सुबोध प्याकुरेल , चेयरपर्सन अफ आई. सि. टि. सेक्टर स्कील कमिटि एबम् कम्प्युटर एसोसियसन अफ नेपालका पुर्ब अध्यक्ष बिनोद ढकाल,प्याबसन पुर्ब अध्यक्ष ऋतुराम सामकोटा ,प्याबसन उपाध्यक्ष कुमार घिमिरे , काठमाडौ महानगर प्याबसन कोअर्डिनेटर ज्ञान बहादुर श्रेष्ठ , कम्प्युटर एसोसियसन अफ नेपालका महासचिब चिरन्जीबि अधिकारी , एसिएन ईलर्निङ नेपालका संस्थापक अध्यक्ष सुबोध त्रिपाठी लगाएतको उपस्थिीतिमा भएको प्रोग्राम शुरुवात कार्यक्रममा ट्रान्सन्युरोन टेक्नोलोजिका संस्थापक र्निदेशक शिबम् शर्मा एबम् आई बि एम सेन्टर फर एजुकेशनका बिजनेश डेभलपमेन्ट लिडर हरिराम सुब्रमन्यमले भ्र्रचुअल प्रबिधिबाट सम्बोधन गर्दै प्रोग्रामका बारेमा जानकारी गराएका थिए ।
 
आई बि एम स्कुल प्रोग्राम नेपालमा मात्र नभई सम्पुर्ण दक्षिण एसियामा संचालन हुने बताइएको छ । सबैभन्दा बढि प्याटेन्ट राईट रजिष्टर गराएको कम्पनी आई बि एम अन्र्तगतको आई बि एम स्कुल प्रोग्रामले नेपाल लगाएतका देशहरुमा बिशेषत साइबर सेकुरिटि , आर्टिफिसिएल इन्टेलिजेन्स तथा ब्लक चेन म्यानेजमेन्टको श्रेत्रमा शिक्षा प्रदान गर्ने बताइएको छ । 

कक्षा ५ देखि कक्षा १२ सम्मका स्कुलका बिघार्थीहरुलाई आईटि टुल्सहरुसँग अभ्यस्त गराउँदै इन्फरमेसन टेक्नोलोजिको सम्बन्द्ध बिषयमा सहि प्रयोग गर्दै भोलिका दिनमा बिश्व वजारमा आईटि सम्बन्धी ज्ञान सहितको जनशक्ती उत्पादन गर्ने उद्देश्यका साथ नेपालमा पहिलो शुरुवात गरिएको एसिएन ईलर्निङ नेपालका संस्थापक अध्यक्ष सुबोध त्रिपाठी बताए । 

धेरै बिधालयहरुमा परिक्षणका रुपमा प्रयोगमा आइसकेको आई. बि. एम. स्कुल प्रोग्राम अब औपचारिक रुपमा सबै बिघालयहरुले प्रयोग गर्न सक्ने समेत अध्यक्ष त्रिपाठीले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित