सुन तस्करीको बहानामा केरुङमा साना सवारीमा रोक

काठमाडौं चीनको केरुङ हुँदै नेपालतर्फ अत्याधिक मात्रामा सुन तस्करी भएको भन्दै चिनियाँ पक्षले नेपाली साना सवारी तथा मोटरसाइकल लैजान रोक लगाएको छ । सवारीमा फल्स बटम बनाएर ल्याउने क्रम बढ्दै जाँदा चिनियाँ पक्षले १५ दिनदेखि साना गाडी सञ्चालन रोकेको छ । तर नेपाली पक्षले भने रोकिएको बारेमा अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले साना गाडी सञ्चालन रोकिएको बारेमा आधिकारिक जानकारी नआएको बताए । चीनको केरूङ जानका लागि नेपाली सवारी रोकिए पनि चिनियाँ ट्याक्सी मार्फत रसुवाबासी केरुङ गइरहेका छन् । सीमा सुरक्षामा खटिएको प्रहरीको अनुरोधमा केही सवारी साधनले प्रवेश पाएपनि साना सवारी तथा मोटरसाइकल सञ्चालन रोकिएको नेपाल प्रहरीको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित