महोत्तरीमा पर्यटन पत्रकारिता पुरस्कारको घोषणा

बिशाल बस्नेत/न्युज कारखाना
महोत्तरी । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले पर्यटन पत्रकारिता पुरस्कार घोषणा गरेको छ । पर्यटन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मंगलवार पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
पर्यटन बर्षको अवसर पारेर प्रदान गर्ने उक्त पुरस्कार मुल्यांकनको आधारमा ३ जनालाई प्रदान गरिनेछ ।
जनही १५ हजारका दरले नगद पुरस्कार समेत प्रदान गरिने उक्त पुरुस्कारको राशी ४५ हजार राखिएको छ । देशको आर्थिक समृद्वीको मुख्य आधार पर्यटन नै भएको वताउदै यस्को लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने र प्रोत्साहनको जरुरी भएको महसुस भएअनुसार पुरस्कार घोषणा गरेको संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले जानकारी दिए ।
पुरस्कारको लागि छनोट कार्यविधि समेत वनाईएको छ । पर्यटन बर्षको निर्धारित मिति भन्दा १ महिना अगाडी नै छनोट प्रक्रियाका मापदण्ड सार्वजनिक गर्ने र सोहीअनुसार पत्रकारहरुलाई पुरस्कारको लागि आव्हान गर्ने संघले जनाएको छ ।
मोफसलमा बसेर पत्रकारिता गर्नेहरुको लागि मधेशमा नै एउटा विशिष्ट उदेश्य वोकेको संस्थाले पुरस्कारको घोषणा गर्नु आफैमा नौलो वनेको छ । मधेश प्रदेशमा पहिलोपटक महोत्तरीमा घोषणा भएको यस्तो पुरस्कार अन्य जिल्लाहरुमा समेत बिस्तार गर्नुपर्ने सरोकारवालाहरुले प्रतिक्रिया दिए ।
संस्कृति तथा शिक्षा राज्यमन्त्री सारदादेवी थापाले पर्यटन क्षेत्रमा कलम चलाउनेहरुका लागि यो पुरस्कारले थप उत्साहित वनाउने वाताईन । 'यो वास्तवमा निक्कै राम्रो काम भएको छ यसवाट पर्यटन पर्वद्वनमा ठुलो योगदान पुग्ने देखिन्छ ।' राज्यमन्त्री थापाले भनिन ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_YW7pDXx6ZM_cjc2cmgi07lmtqcs6bas3im9asbixdzmk1ocdfklwhjtusjzuylnge2ewylk.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_bJfWE54dU3_lycbb4co8at3xy2z6l7iqhmn6jjclrtuh6fqfjoumssw1gkyuazpimvxaeem.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_3K9rq8Svei_f7g8ctw1o2xmjzxddhp0jgxvtdkvbvjwoqtnkamr81wbnplrsxi7hgef8jau.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_xT0ynipr43_dqkbfuvd1j05otg9irtpz94vzlh3lxm4h3dxud4ctjq301mvjnwjzulwffzh.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_jZi8pnTDpW_sxgeizgcqsruemw5plihwb73nrwbga39juoqymzmmcozf0pqzmfpogmjo02t.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_mCV4jp5qnv_gv0ons5ggz8xznbpf3qp5jwrrq7a6brcxlqauxpxtuzt8rws7df5ihybbhhb.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_CDE4TRtA9F_lk6u6yikttcqmsa8w31j5hydfmtl1m1wlmnsarwiiemczd6oa26bamadgv5b.jpg)
प्रतिक्रिया