सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः गृहमन्त्री विमानस्थलमा
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन् ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।जहाजमा १९ जना सवार रहेको जनाइएको छ भने उद्धारकर्ताले केहीको शव निकालेका छन् ।
जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
प्रतिक्रिया