जहाज दुर्घटनामा परेकाको शव भोलिसम्म आफन्तलाई बुझाइने , क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार


काठमाडौं।
सौर्य एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ शव आफन्तले भोलिमात्रै पाउने भएका छन् । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार सबैको डीएनए परीक्षण गरेर पहिचान गरिने छ ।

दुर्घटनामा घाईते भएका एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको अवस्था सुधार हुँदै गएको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाने जहाज उडाइरहेका क्याप्टेन शाक्य केही बेरमा नै जहाजसहित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेका थिए ।

सो दुर्घटनामा उनीबाहेक जहाजमा रहेका १८ जनाको निधन भएको छ । दुर्घटना पर्ने बित्तिकै जीवितै उद्धार गरिएका क्याप्टेन शाक्यलाई उपचारका लागि सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज लगिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित