जनताको चाहान र भाबना अनुसार इमानदारिताका साथ काम गर्नेछु : स्वास्थ्य मन्त्री थापा


भक्तपुर ।
नबनियुक्त बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले आफु जनताको चाहान र जन भाबना अनुसार काम गर्नै बताएका छन्  । आज भक्तपुरमा थापाको स्वागतमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रीका रुपमा आप्mनो कार्यकाल पुर्ण निष्ठा र जिम्मेबारिका साथ निभाउने बताए । "स्वास्थ्य मन्त्रीको रुपमा  मैले पाएको जिम्मेबारि तपाईहरुले मलाई गर्नु भएको बिश्वास हो, त्यसैले तपाईहरुको म प्रतिको यो बिश्वासलाई म इमानदारिताका साथ पुर्णरुपमा कायम गर्नै छु" - थापाले भने । 

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बागमती प्रदेश लगाएतका ठाउँहरुमा आम जनताको स्वास्थ्यको पहुचका हकमा धेरै कुरा गर्न बाँकी रहेको बताउँदै सिटामोलको समेत अभाब झेल्दै आएका जनताहरुमा  स्वास्थ्यको पहुच बिस्तार आप्mनो पहिलो प्राथामिकता रहेको बताए ।

बिपन्न परिबारका बागमती प्रदेशबासी क्यान्सरपिडितहरुलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलिएत प्रदान गर्नै पहिलो निर्णय गरेका मन्त्री थापाले चाडैनै बिभिन्न सामाजिक संस्थासँगको सहकार्यमा प्रदेश अन्र्तगतको शहरहरुमा  निशुल्क शबबाहनको समेत ब्यबस्था गरिने बताएका छन्  । त्यस्तै सरकारी अस्पताको सेवास्तर बृद्धिका लागि आबश्यक गृहकार्य समेत शुरु गरिसकिएको मन्त्री थापाले समेत बताए । 

प्रतिक्रिया

सम्बन्धित