डन राणामाथि कस्ले प्रहार गर्‍यो खुकुरी ?

rojranaकाठमाडौं । अपरिचित समूहले आपराधिक पृष्‍ठभुमिका सरोज थापा भन्ने रोज राणामाथि सोमबार साँझ खुकुरी प्रहार गरेको छ । नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति समेत रहेका चलचित्र निर्देशक राणामाथि मध्य बानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि सडकमा खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रम सिंह थापाले जानकारी दिए।

 घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  राणाको दाहिने हातमा चोट लागेको छ। उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।  घटनाबारे माहानगरिय अपराध महाशाखाले अनुसन्धान सुरु गरेको छ ।

  राणाको निर्देशनमा रहेको चलचित्र ‘जय परशुराम’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन भैरहेको छ। कुनै समय गुण्डागर्दीमा समेत संलग्न राणा पछिल्लो समय चलचित्र निर्माण र रेस्टुरेन्ट व्यवसायमा छन् । डान्स रेष्टुरेन्ट सञ्चालकबाट चलचित्र निर्माता हुदै नेपाली फिल्मका नायक बनेका  राणा राजधानीमा गुण्डाको एजेन्टका नामले चिनिन्छन ।

  राणाले  प्रहरीको सूचना गुण्डालाई र गुण्डाका सूचना प्रहरीलाई दिने गरेको र राणालाई उनकै साथीभाईले ‘दुत’ नामकरण गरेका हुन् । डान्स रेष्टुरेन्ट सञ्चालनकोे नाममा युबतीलाई नाङगो नृत्य जर्वजस्ती गर्न लगाएपछि चेलीबेटी बेचविखन मुद्दामा राणा ८ महिना जेलमा थन्किएका थिए । जेलबाट छुटे लगत्तै राणा प्रहरीका नामुद सुराक बनेका थिए ।  कुख्यात गुण्डा सुजन पौडेल उर्फ रमेश  बाहुन पक्राउ गर्न र प्रहरीको ईन्काउण्टरमा मारिएका भनिएका गुण्डा दिनेश अधिकारी ‘चरी’ लाई मार्न सूचना समेत राणाले दिएको आरोप लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित