नेविसंघले माग्यो गृहमन्त्रीको राजिनामा

homerajinaamaकाठमाडौं । सरकारमा आफ्नै गृहमन्त्री रँहदा पनि नेपाल विद्यार्थी संघले पार्टी मुख्यालयमा प्रहरी प्रवेश गराई आफ्ना कार्यकर्ता र प्रतिनिधिहरूलाई लाठी प्रहार भएकोमा भत्र्सना गर्दै छानविनको माग गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णले विज्ञप्ति जारी गरेर आइतबार सानेपास्थित कांग्रेस मुख्यालयमा नेविसंघका प्रतिनिधि र कार्यकर्तामाथि प्रहरी लगाएर आक्रमण भएको भन्दै आपत्ति जनाएका हुन् ।

 उनले नेविसंघका प्रतिनिधि र कार्यकर्तामाथि आक्रमण गरेर गम्भीर घाइते बनाउने प्रहरीलाई कारबाहीको माग गरेका छन् । नेविसंघ अध्यक्ष कर्णले विज्ञप्तिमा भनेका छन्, ‘उक्त घटनाको तत्काल छानविन गरी दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ ।’ कर्णले घाइते विद्यार्थी नेताहरूको उपचार गराउन सरकारसँग माग गरेका छन् ।

   ‘नेविसंघका केही विद्यार्थी नेताहरू महाधिवेशनका सम्बन्धमा आफ्ना केही मागहरू राखी कांग्रेस पार्टी कार्यालयमा जाँदै गर्दा विद्यार्थी साथीहरूमाथि प्रहरीले विनाकारण सांघातिक हमला एवम् क्रुर दमन गरेको घटनाप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य मान्यता एवम् पद्दतिका सम्बन्धमा आफ्ना माग राख्नु लोकतन्त्रको सुन्दर पक्ष हो तर विनाकारण आक्रमण गर्नु आफैमा निन्दनीय र खेदजनक छ ।

  आफ्नै पार्टी कायालयमा आफ्नै कार्यकर्ताहरूलाई प्रवेश निषेध गर्नु अत्यन्त खेदजन्य छ ।’गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका कांग्रेस नेता बिमलेन्द्र  निधीलाई नेविसंघको मागले चुनौती थपिदिएको छ । अब उनले सानेपा घटनालाई छानविन गरेर प्रहरीलाई कारबाही गर्छन् वा गर्दैनन् नेविसंघका नेताहरूले ध्यानपूर्वक हेरेको जनाएका छन् । निधी कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सानेपामा कुटाइ खाने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन  । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले निधीको राजीनामा समेत माग गरेका छन् । निधी गृहमन्त्रीबनेपछि नेविसंघ र तरुण दलको आबरणमा गुण्डागर्दी गर्ने समुह मौलाउन थालेको कार्यकर्ताहरु बताउँछन्  ।

प्रतिक्रिया

सम्बन्धित