सिअाइबीद्वारा कीर्तेमा संलग्न क्यारियर ब्रिज कन्सल्टेन्सीका संचालक पक्राउ

carierbridgeकाठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिअाइबी)ले नेकपा (माओवादी केन्द्र)का सांसदको विदेश भ्रमणसम्बन्धी कार्यक्रममा अन्य असम्बन्धित व्यक्ति समावेश गरी विदेश पठाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । माओवादीका आठ सांसद्को नक्कली सहयोगी बनाएर असम्बन्धित आठ व्यक्तिलाई स्पेन पठाउन लागेको खुलासा भएपछि सो कार्यमा संलग्न ‘रोहित’ भन्ने दिनेश खड्कालाई पक्राउ गरिएको हो ।

  विभिन्न व्यक्तिबाट आर्थिक लाभ लिएर सांसदको निजी सहयोगीको रुपमा कीर्ते कागजात तयार पारी युरोपका विभिन्न देशमा पठाउने कार्यमा संलग्न गोठाटार घर भई हाल शान्तिनगर बस्दै आएका ‘रोहित’ भन्ने दिनेश खड्कालाई सिअाइबीले बिहीबार पक्राउ गरेको हो । उनी क्यारियर ब्रिज कन्सल्टेन्सीका संचालक रहेको खुलेको छ । प्रहरीले उनको साथबाट  ४२ लाख ५० हजार, दुई थान मोबाइल,    विभिन्न बैंकको चेक, रसिद, परिचयपत्र र विभिन्न कीर्ते कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।

   अनुशन्धानका क्रममा सन् २०१६ को जुन/जुलाईमा स्पेनमा आयोजना हुने भनिएका विभिन्न कार्यक्रम तथा गोष्ठीमा संसद् सदस्यका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागबाट जारी भएको प्रवेशाज्ञा खड्का समेतले अनुचित आर्थिक लाभ लिने उद्देश्यले असम्बन्धित व्यक्तिको समेत नाम कीर्ते गरी त्यस्ता व्यक्तिलाई विदेश पठाउने प्रयत्न गरेको खुल्न आएको  छ ।

  सो कार्यमा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान अघि बढाइएको सिअाइबीले जनाएको छ । खड्का जालसाजी, चेक अनादर मुद्दामा फरारको सूचीमा रहेको तथा वैदेशिक रोजगार ठगी मुद्दामा समेत अदालतबाट दुई वर्ष कैद र  दुई लाख जरिवाना तोकी हालसम्म फरार रही आएकोसमेत अनुसन्धानको क्रममा खुलेको सिअाइबीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित