अष्ट्रेलिया विशेष शैक्षिक मेला गर्दै एक्सपर्ट

expert logoकाठमाडौं। अष्ट्रेलियन शिक्षालाई प्रवद्र्धन गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिले विगत वर्षहरु झैं यस वर्ष पनि अष्ट्रेलिया विशेष शैक्षिक मेला आयोजना गर्ने भएको छ । काठमाडौंको लाजिम्पाटमा रहेको होटल रेडिसनमा यहि ३१ गते सोमबार हुन लागिरहेको मेलामा अष्ट्रेलियाका प्रतिष्ठित आठ वटा शैक्षिक संस्थाहरुको सहभागिता रहने एक्पर्टका प्रवन्ध निर्देशक खेमराज संग्रौलाले बताउनु भयो । विश्व नै ग्लोवल भिलेजको रुपमा परिवर्तित भईरहेको वर्तमान परिवेशमा मेलाको आयोजना गर्दै एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाका शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागतलगायतका विषयमा परामर्श सेवा प्रदान गर्नेछ ।

  नेपाल सरकार, शिक्षा मन्त्रालयबाट जारी शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्वन्धि निर्देशिका–२०६८ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा, शिक्षा मंत्रालयबाट स्वीकृति प्राप्त यो मेलामा अष्ट्रेलियाका Macquarie University, Charles Darwin University, Charles Sturt University, Australian Catholic University, Flinders University, Uts: Insearch, Education Center of Australia (ECA) / Kaplan Business School को प्रत्यक्ष सहभागिता रहने प्रवन्ध निर्देशक संग्रौला बताउनु हुन्छ ।

  सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएर अष्ट्रेलियाका लागि मात्रै काम गर्दै आएको तथा परामर्श क्षेत्रमा छुट्टैै पहिचान बनाई सकेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिेज प्रालिले नेपाल तथा अष्ट्रेलियामा गरी १० स्थानमा शाखा विस्तार गरी विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।  अष्ट्रेलियन एजुकेशनमा विशेषज्ञता हासिल गरेको एक्सपर्टमा सोलुसिटर लयर, छ जना रजिष्टर माइग्रेसन एजेन्ट, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरु आवद्ध हुनुहुन्छ ।

  एक्सपर्टको अहिले अष्ट्रेलियाको व्रिसवन, मेलवर्न, एडिलेड र गोलकोष्ट शाखा कार्यालयहरु छन् भने नेपालको काठमाडौं, चितवन, बुटवल, पोखरा र विर्तामोडमा शाखा कार्यालयहरु स्थापना भएका छन् । अष्ट्रेलियामा ४२ वटा विश्वविद्यालय मध्ये एक्सपर्टले २२ वटासँग सहकार्य गरेर काम गर्दै आएको छ । नेपाल र अष्ट्रेलियाबाट गरी हालसम्म १५ हजार भन्दा बढि विद्यार्थीलाई अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गराई सकेको एक्सपर्टले काठमाडौंमा मेलाको आयोजना गरी नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई विशेष अवसर प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित