छड्केका नाममा भावी आइजीपीको तौल नाप्दै अर्याल
काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधी गृहमन्त्री बनेपछि उत्साहित बनेका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले भावी आइजीपीका दावेदार रहेका डिआइजीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेका छन् ।स्रोतका अनुसार आइजीपी अर्याललाई गृहमन्त्री निधीले प्रहरीमा कुनै हस्तक्षेप नगर्ने तर गल्ति भेटेमा चुप लागेर नबस्ने बताएपछि अर्यालले प्रहरीका महत्वपूर्ण यूनिटहरुमा छड्के र निगरानी गर्न थालेका हुन् । केही दिनअगाडि केन्द्रीय अनुसन्धान ब्युरो(,सिआईबी) र लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को निरीक्षण गरेका अर्यालले मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको छड्के गरेका थिए ।
अब अर्यालले विशेष ब्युरोको अनुगमन गर्न बाँकी छ ।२०७३ साल फागनु २ गते अबकाश पाउन लागेका आइजीपी अर्यालले एनसीबी, सिआईवी, ट्राफिक महाशाखाको अनुगमन गरेर संगठनलाई थप व्यवसायिक र मर्यादित बनाउन खोजेपनि प्रहरीमा भने भावि आइजीपीका दाबेदारको तौल नाप्नका लागि आइजीपीले छड्के गरेर उक्त रणनीति अपनाएको विश्लेषण हुन थालेको छ ।
हाल सिआईवीमा नवराज सिलवाल, एनसीवीमा जयबहादुर चन्द, ट्राफिकमा प्रकाश अर्याल र विशेष ब्यूरोमा बमबहादुर भण्डारी प्रमुख छन् । आ–आफ्नो क्षेत्रमा मरिमेटेर काम गरिरहेका यि डिआईजीहरुबीच यतिखेर कडा प्रतिष्पर्धा चलिरहेको छ ।आइजीपी अर्यालसँगै अहिलेका एआइजीहरु पनि घर जाने भएपछि डिआईजीहरुमध्येबाटै सिधै आईजीपी बन्ने हुँदा उनीहरुबीच रोचक प्रतिष्पर्धा हुने देखिन्छ ।प्रहरीमा यो पटक सिनियर भन्दा पनि कार्य क्षमता, कम दाग लागेका, स्वच्छ र व्यवसायिक मर्यादा जोगाउन सक्ने प्रहरी अधिकारीलाई नेतृत्व दिनुपर्ने पक्ष्ँमा गृहमन्त्री उभिएका कारण आइजीपी अर्याल छड्केका नाममा उपयुक्त पात्रको खोजीमा जुटेको बताइन्छ ।यूनाइटेड पोष्टमा खवर छ ।
प्रतिक्रिया