यौन दुव्र्यवहारमा मुछिए सहसचिव

sahasachibकाठमाडौं । नुवाकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका बेला सेवाग्राही महिलालाई यौन दुव्र्यवहार गरेको अभियोगमा कारबाही स्वरुप गृह मन्त्रालय तानिएका सहसचिव मधुसुदन बुर्लाकोटी फेरि ‘सेक्स स्क्याण्डल’ मा फसेका छन् । नुवाकोटमा आफ्नै कार्यकक्षमा सेवाग्राही महिलालाई यौन दुव्र्यवहार गरेपछि स्थानीयको विरोध र घेराउ तथा नारावाजीपछि बुर्लाकोटी कारबाहीमा परेका थिए । स्थानीयले नुवाकोटमा कारबाहीको माग गर्दै घेराउ गरेपछि बुर्लाकोटीलाई कारबाही स्वरुप गृह मन्त्रालयमा तानेर राखिएको थियो । दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा पनि बुर्लाकोटी महिलासँगको सेक्स काण्डमा मुछिएका थिए । विभिन्न मन्त्रालय हुँदै अहिले स्थानीय विकास मन्त्रालयको अनुगमन महाशाखा र प्रशासन महाशाखा आईपुगेका बुर्लाकोटीको अगाडि महिला कर्मचारीहरू जान मान्दैनन् । मन्त्रालयका महिला कर्मचारी देख्नेवित्तिकै विभिन्न प्रश्न सोधेर हायलकायल बनाउने बुर्लाकोटीले आफ्नो निजी सहयोगी पनि युवती नै ल्याएर राखेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ बुर्लाकोटी आजकाल तिनै सहयोगीसँग दिनभरि कुरा गरेर बस्ने गरेको आरोप स्थानीय मन्त्रालयका कर्मचारीहरूले लगाउने गरेका छन् । भर्खरकी ती युवतीलाई सहसचिव बुर्लाकोटीले एक हप्ता अगाडि करारमा आफै नियुक्ति गरेर ल्याएका हुन् । स्रोतका अनुसार सहसचिव बुर्लाकोटीले ती सहयोगी युवतीलाई आफ्नै गाडीमा राखेर मन्त्रालय ल्याउने र घर पु¥याउने गर्छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा रहँदा पनि सहसचिव बुर्लाकोटीले आफ्नै पीए महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप छ । बुर्लाकोटीको यौनजन्य दुव्र्यवहार खेप्न नसकेपछि ती महिला कर्मचारीलाई अन्यत्र सरुवा गरिएको थियो । स्रोतका अनुसार बुर्लाकोटीले आफ्नै पीए महिला कर्मचारीसँग पनि अनैतिक सम्बन्ध राखेको शान्ति मन्त्रालयभरि हल्ला फैलिएपछि महिलालाई अन्यत्रै सरुवा गरिएको थियो । यता, स्थानीय मन्त्रालयको अनुगमन महाशाखा र प्रशासन महाशाखाको प्रमुख भएर बसेका सहसचिव बुर्लाकोटीले आफ्नै शाखाकी एक महिला कर्मचारीलाई अश्लील एसएमएसका साथै फेसबुकमा म्यासेज पठाएर आतंक मच्चाएका छन् । ‘त्यो मधुसुदन बुर्लाकोटीको कोठामा पस्दा पनि डर लाग्छ’, ती पीडित महिला कर्मचारीले भनिन्–‘अनावश्यक कुरा गर्ने, खुट्टादेखि टाउकोसम्म घुरेर हेर्ने, यौनजन्य कुरा गर्ने गर्छ । आफ्नै हाकिम हो । कोसँग उजुरी गर्ने ? समाचार लेखेपछि सुध्रिन्छ कि ?’ बुर्लाकोटीले मन्त्रालयका सबै महिला कर्मचारीलाई फेसबुकमा साथी बनाएका छन् । सहसचिव बुर्लाकोटीले महिला कर्मचारीहरूलाई धमाधम आफै फेसबुकमा रिक्वेष्ट पठाउने गरेका छन् । रिक्वेष्ट स्वीकार नगर्ने हो भने बुर्लाकोटीले ती महिला कर्मचारीहरूलाई आफ्नै कार्यकक्षमा बोलाएर किन फ्रेण्ड रिक्वेष्ट एक्सेप्ट नगरेको भनेर धम्काउने समेत गर्ने गरेको स्रोतको भनाइ छ । यस्तै गलत क्रियाकलाप गरेका कारण मन्त्रालयहरू घुमिरहेका बुर्लाकोटीका विषयमा जान्ने बुझ्ने उनका साथीहरूले पनि आचारण असल नरहेको टिप्पणी गर्ने गरेका छन् । ‘असल व्यक्ति भएको भए त राम्रो ठाउँमा जानु पर्ने हो’, स्थानीय विकास मन्त्रालयका एक सहसचिवले भने–‘आचरण पनि राम्रो हुनुपर्छ । महिलालाई सभ्य दृष्टिले हेर्नु पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित