कटुवा पेस्तोल सहित एक जना पक्राउ

रौतहट । गढीमाई नगरपालिका-१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउतलाई १ थान कटुवा पेस्तोल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले उनको घरको आँगनमा झारपातले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित