डन राणाको जय परशुराम प्रर्दशनमा अदालतको अंकुश
‘ब्लाक चिल्ली आर्ट फिल्मस्’ले तीन बर्षअघि चलचित्र विकास बोर्डबाट ‘परशुराम’ नामक फिल्म निर्माणको अनुमती लिएको थियो । तर, बिकास बोर्डले चलचित्र निर्माण तथा प्रचार–प्रसार सम्बन्धी नियम विपरित रोज राणाले बनाएको ‘जय प्ररशुराम’लाई अनुमती दिएको थियो । कुनै फिल्मको नाम अघि नयाँ शब्द थपेर त्यही नाममा फिल्म बनाउँन नपाइने नियम हुँदाहुँदै राणाले ‘परशुराम’ माथि जय थपेर ‘जय परशुराम’ बनाएका छन् ।
त्यस्तै निवेदकको दावीअनुसार आदेश जारी गर्नु किन नपर्ने हो सो कारणसहित १५ दिनभित्र आधार प्रमाण पेश गर्न पनि अदालतले विपक्षीलाई आदेश दिएको छ ।अदालतले तत्कालका लागि प्रर्दशन रोकेर दुबै पक्षलाई थप बहसको लागि भदौ १ गते बोलाएको छ । ‘जय प्ररशुराम’ चलचित्रमा विराजसँगै निशा अधिकारी , रविन तामाङ,धुर्ब कोइराला लगायत कलाकारहरुको मुख्य भूमिका छ । निशा अधिकारी फिल्म नचल्ने अवस्था देखेपछी अमेरिका गएकी छन्
प्रतिक्रिया