हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु

[caption id="attachment_23196" align="alignleft" width="800"]दुर्घटनामा परेको हेलिकप्टरको फाइल फोटो दुर्घटनामा परेको हेलिकप्टरको फाइल फोटो[/caption]

काठमाडौं : सुत्केरी महिला बोकेर गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी सुत्केरी उद्धार गर्न काठमाडौंबाट गएको हेलिकप्टर दिउँसो साढे १२ बजेपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । फिस्टेल एयरको नाइनए–एकेए हेलिकप्टर दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । दुर्घटनामा चालक क्याप्टेन रञ्जन लिम्बू, स्टाफ नर्स निशा तामाङ, हेलिकोप्टरमा सँगै गएकी लक्ष्मी गुरुङ, गोरखा सिर्दिवासका कितमान गुरुङ, उनकी श्रीमती आसामी, १९ वर्षीया सुत्केरी प्रिती गुरुङ र उनका ५ दिनका नाबालक छोराको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित