अस्पतालमा बम बिस्फोट हुँदा ४२ को मृत्यु
काठमाडौं : पाकिस्तानको दक्षिण–पश्चिममास्थित क्वेटा शहरको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तिमा ४२ जना जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । अस्पतालको आपत्कालिन विभागको ढोका नजिकै आक्रमण गरिएको थियो । उक्त अस्पतालमा केही समय अघि गोली हानी मारिएका वकिल बिलाल अनवर कासीको शव ल्याइँदै थियो । जसका कारण त्यहाँ सयौंको संख्यामा वकिल तथा पत्रकारहरुको उपस्थिती थियो । पाकिस्तानी प्रहरीका अनुसार आक्रमणकारीले गोली चलाउनुका साथै बम बिस्फोट पनि गराएका थिए । बिस्फोटन आत्मघाती थियो वा थिएन भन्ने बारे भने यकिन नभएको बताइएको छ । यसअघि बोलिस्तान बार एसोसियसनका अध्यक्ष कासीलाई अदालत जाने क्रममा गोली हानी हत्या गरिएको थियो । आक्रमणको पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले निन्दा गरेका छन् ।
प्रतिक्रिया