हसिनाका छोराले भने, 'चुनाव घोषणा भएलगत्तै आमा बंगलादेश फर्कनु हुन्छ, भारतबाहिर जानुहुन्न'

नयाँदिल्ली, २५ साउन । शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् ।
उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरे पछि आफुहरु बंगलादेश जाने बताएका हुन ।
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने छिन् ।
बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुगेकी थिइन् । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताएका छन । यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताएका थिए ।
यस भनाइको सन्दर्भमा उनले भने, 'हो, मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब हामी हाम्रा जनताको सुरक्षाको लागि सक्दो प्रयास गर्नेछौं। हामी तिनीहरूलाई एक्लै छोड्ने छैनौं ।'
हसिनाका छोरा पनि राजनीतिमा आउने
पूर्वप्रधानमन्त्रीका छोरा जोयले राजनीतिमा आउन तयार रहेको बताएका छन् । यसअघि जोयले आफू राजनीतिमा आउने मनसाय नभएको बताएका थिए ।
जोयले भने– 'यो मेरी आमाको अन्तिम कार्यकाल थियो । उनले अर्को चुनाव लड्ने छैनन् । मलाई पनि राजनीतिमा आउने रहर थिएन । म अमेरिकामा बसेको थिएँ तर पछिल्ला दिनमा जे भयो, त्यसले देशको नेतृत्वमा शून्यता देखाउँछ। पार्टीका लागि राजनीतिमा लाग्नुपर्छ । यसका लागि म अग्रपंक्तिमा उभिने छु ।'
अवामी लिगले चुनावमा भाग लिएमा हामी पनि जित्न सक्छौँ भन्नेमा म विश्वस्त छु जोयले भने । अवामी लिग बंगलादेशको सबैभन्दा ठूलो र पुरानो पार्टी हो। हामीसँग सबैभन्दा ठूलो पार्टी कार्यकर्ता छ।
शेख हसिना भारतमै बस्ने, मोदीलाई धन्यवाद
शेख हसिनाको कुनै पनि देशमा शरण लिने मनसाय नभएको जोयले दाबी गरे । उनले भने, 'मेरी आमा भारतमा हुनुहुन्छ। अब ऊहाँ कतै जानु हुन्न् । अन्तरिम सरकारले नयाँ निर्वाचनका लागि हरियो संकेत दिने बित्तिकै मेरी आमा बंगलादेश जानु हुनेछ । यति छोटो समयमा मेरी आमाको ज्यान बचाउनु भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु।'
बंगलादेश हिंसामा पाकिस्तान-आईएसआई संलग्नः
जोयले पाकिस्तानले बंगलादेशमा अशान्ति भड्काएको आरोप लगाएका छन् । यस अराजकतामा पाकिस्तानको आईएसआईको हात रहेको देखाउने यस्ता प्रमाण भेटिएको उनले बताए । यो पूर्णतया योजनाबद्ध थियो।
सामाजिक सञ्जालमा अफवाह फैलाएपछि स्थिति तनावग्रस्त बनेको छ । सरकारले स्थिति नियन्त्रण गर्न खोजे पनि असफल भयो । आतंककारी संगठन वा विदेशी शक्तिले मात्रै उपलब्ध गराउन सक्ने हतियार भएकाले दंगालुहरूले प्रहरीमाथि बन्दुकसहित आक्रमण गरेको जोयले आरोप लगाएका छन् ।
बंगलादेशमा धेरै दिनको राजनीतिक उथलपुथलपछि बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुखको रुपमा शपथ लिएका छन् । सपथ ग्रहण समारोहमा बंगलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्मा पनि उपस्थित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_svLAweZj4W_lj4bzamm2zbowdiubfym11yv8jzlxqyjld79dwsmhj5twhxi7463cpngj0n6.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_mShhgdKVNE_tn5rxp40sfgznh2ozndlertgqqnnattl8kj1qxsfa7moobdjpjaoxzaytknf.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_2rSWzxpvVv_pgbeg5ihusa2ix4rxoj1gnofg8bv87zoeh2rfdut3dvpfjdnbdwdzlxu24yv.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया