ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालक महिलाको घटनास्थलमै ज्यान गएको हो ।

काठमाडौबाट आइरहेको स्कुटीलाई सोही दिशाबाट आइरहेको उक्त ट्रकले गठ्ठाघर बस स्टपमा स्कुटी चालकलाई घिसारेर ज्यान लिएको भन्दै स्थानीय आक्रोशित छन् । स्थानीयको प्रदर्सनका कारण सो क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित