बिपी जिवित रहेको भए केपी ओली काँग्रेस हुन्थे : महामन्त्री कोइराला
चितवन। नेपाली काँग्रेसका महामन्त्री एबम बिपी पुत्र डा शशांक कोइरालाले आफ्ना पिता जिवित रहेको भए एमाले अध्यक्ष केपी शर्मा ओली अहिले काँग्रेस हुने वताएका छन् ।
ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला बिपी, गणेशमानलगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आज नवलपुरमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले देशव्यापीरूपमा अहिले काँग्रेस प्रवेशको लहर हुँदा ओलीज्युले आत्तिएर जे पायो त्यही बोल्न थालेको वताए ।
कोइराला नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन । दैनिक सयौँको संख्यामा अन्य पार्टी परित्याग गरेर काँग्रेस प्रवेश गरेको भन्दै कोइ रालाले यसले आफूलाई उत्साहित बनाएको पनि वताए ।
वाम गठबन्धनले अहिले नै देशमा अधिनायकवाद ल्याउन नसक्ने भन्दै महामन्त्री कोइरालाले भने , “उनीहरूले दुई तिहाइ पु-याउन सक्दैनन् ।” वाम गठबन्धनले बढी मत पाएमा आउँदा दिनमा त्यो खतरा रहेको भन्दै कोइरालाले वाम गठबन्धनले काँग्रेसलाई फाइदा पुगेको पनि उल्लेख गरे ।
प्रतिक्रिया