सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको दुर्घटनामा परि मृत्यु

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ ।
सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसार भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए ।
घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । कार्की माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य रहेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित