भोली डोलेश्वर मन्दिरको चारै ढोका खुल्ने ,सूर्यविनायकमा सार्वजनिक बिदा

भक्तपुर । 
भक्तपुरको प्रसिद्ध धार्मिक स्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका खुल्ने भएको छ । श्रावणी मेलाको समापनका साथै डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले मन्दिरको चारै ढोका खुल्न लागिएको सूर्यविनायक नगरपालिका वडा नं ८का वडाध्यक्ष  पुष्पराज बस्नतेले माइन्युज नेपाललाई बताए । 

त्यस्तै स्थानीय पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको वडाध्यक्ष बस्नतेले बताए । बिहीवार अत्यावश्यक बाहेक नगरपालिकाका मातहतका सम्पूर्ण वडा कार्यालय, विद्यालय लगायत सबै संघसस्थाका सेवाहरु बन्द रहने बताइएको छ  ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख आतिथ्यतामा बिशेष समारोहका बिच श्रावणी मेलाको समापन गरिने कार्यक्रम रहेको जानकारी गराउँदै बस्नेतले भोली केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर दर्शनका लागि आउनुहुने दशर्नार्थीहरुले मन्दिरको चारवटै ढोकाबाट मन्दिर दर्शन गर्न तथा गर्भगृहमै प्रवेश गरी पुजाआराधना गर्न पाउने ब्यबस्था गरिएको समेत बताए । 

 

 

प्रतिक्रिया

सम्बन्धित