हेरिटेज अंग्रेजी माध्यामिक बिघालयका बिधार्थीलाई थ्रि डि आर्ट म्युजियमले दियो आर्ट सामाग्री


ललितपुर ।
हेरिटेज अंग्रेजी माध्यामिक बिघालय टिकाथली ललितपुरका बिधार्थीलाई थ्रि डि आर्ट म्युजियमले आर्ट सामाग्री प्रदान गरेको छ । उक्त बिघालयमा कक्षा ८मा अध्ययन गर्नै छात्र सुशान्त रावल र कक्षा ५मा अध्ययन गर्नै छात्रा बसन्ती साउदलाई आज एक कार्यक्रमका बिच म्युजियमका प्रतिनिधिहरुले चित्रकला श्रेत्रमा उज्जवल भबिष्यको कामना सहित स्केच बुक ,कलर, थ्रि डि आर्ट बुक लगाएतका सामाग्री हस्तान्तरण गरिएको म्युजियमकी ब्यबस्थापक मन्नु बिष्टले बताइन् । 

बिघालय स्तरमा चित्रकला सम्बन्धी काम गर्दै आएको संस्था आर्टशाला नेपाल एबम् ललितपुरको इमाडोलमा रहेको नेपालको पहिलो थ्रि डि आर्ट म्युजियको सहकार्यमा आर्ट सामाग्री प्रदान गरिएको थ्रि डि आर्ट म्युजियमकी बजार ब्यबस्थापक अन्जिता भण्डारीले बताइन् । बिघार्थीद्धाय सुसान्त रावल एबम् बसन्ती साउदको चित्रकला माइन्युज नेपाल (www.mynewsnepal.com) नामक अनलाईन न्युजपोर्टलमा समेत प्रकाशन गरिएको छ ।

बिघालय स्तरमा बिशेषत चित्रकला सम्बन्धी काम गर्दै आएको आर्टशाला नेपालले बिगत लामो समय देखि बिधार्थीहरुलाई चित्रकला सम्बन्धी जानकारी एबम् बिभिन्न कार्यक्रम गर्दै आएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित