बस थप्ने विषयमा नगरवसमा विवाद

nagarbusकास्की । पोखराको नगर यातायात सेवामा फेरी रुटको विषयमा तनाव सुरु भएको छ । विन्ध्यवासिनी यातायातले पोखरामा ३ वटा बसबाट सुरु गरेको सेवालाई ३० वटामा पु-याउन रुट इजाजत दिने प्रकृया सुरु गरिएपछि यहां सेवारत सिटीबसहरुले थप तनाव झेल्नु परेको छ । २०६३ पुष १८ गतेवाट सुरु गरिएको विस्थापन सवारी दर्ता निति २०७२ मा आएर व्रेक अप भई विन्ध्यवासिनी यातायात सञ्चालन आएपछि थप तनाव सृजना भएको हो । त्यसो त आन्तरिक रुट सिर्जना गर्दै अन्य यात्रु सेवा सञ्चालक समितिहरुले नयाँ गाडी दर्ता र रुट लिइरहेता पनि नगरवसहरुमा मात्र तनाव वढी हुने गरेको पाइएको छ ।

विन्दवासिनी यातायातले रुट पाउन बस तयार गरेर यातायात व्यवस्था कार्यालय गण्डकी पोखरामा निवेदन हालेपछि पोखरा वस व्यवसायी समिति विस्थापित सवारी वाहेकलाई रुट इजाजत नदिन दवाव स्वरुप कार्यालय परिसर घेराउ गर्न पुगेका छन् । आइतवार र सोमवार घेराउ गरिएको थियो । सोमवार सिडिओ कार्यालयमा सर्वदलीय वैठक बसे पनि कुनै निर्णय निकास दिन सकेन । एमाले कांग्रेस, माओवादी राप्रपा नेपाल लगायतका दलका जिल्ला नेताहरुको उपस्थिति रहेको वैठकमा सिडिओले छलफल गरेपनि कुनै लिखित प्रस्ताव र निर्णय गरिएन । कानून अनुसार सवारी दर्ता र रुट जारी गर्ने कार्य रोक्ने गरि कुनै निर्णय गर्न नमिल्ने भएपछि कलम नचलाइएको वैठकमा सहभागी एक सदस्यले वताए । पोखराको सिटी यातायात दर्ता नियन्त्रण गर्न प्रयासहरु भएपनि त्यसले सार्थक रुप लिन सकेको छैन ।

सवै जसो व्यवसायीहरु सहरमा मात्र सेवा दिन केन्द्रित भएपछि ग्रामिण रुटमा बसहरु चल्न छोड्ने पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्माले बताए । यातायात सेवा व्यवसाय भएकोले नाफा मात्र हेर्न नहुने र गाउँ सहरलाई समेटेर यातायात चलाउन पर्ने शर्माले बताए । प्रतिस्पर्धात्मक ढंगले व्यवसाय सञ्चालन गर्ने कुरा सर्वत्र उठेपछि त्यसको दबाब र प्रभावले महत्व राखेको छ । सार्वजनिक यातायात व्यवस्थापन समितिका संयोजक समेत रहेका कास्की प्रजिअ हरिप्रसाद मैनाली पनि नियमानुसार प्रतिस्पर्धामा व्यवसाय गर्ने छुट सबै नागरिकलाई रहेको वताउँछन् । प्रजिअको अभिव्यक्तिपछि झन वढी समस्या पैदा गर्न सक्ने पुराना व्यवसायीहरुको भनाइ रहेको छ । पोखराको सडक वातावरण चापलाई आत्मासाथ गर्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित