मतपत्र शिक्षाबारे उम्मेदवार नै अन्योलमा, अगुवा कार्यकर्ताहरु सजग हुनु पर्नेमा जोड

ललितपुर । नेपाली काँग्रेस ललितपुरका सभापति तथा प्रतिनिधि सभा ललितपुर ३ का उम्मेदवार मदन अमात्यले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मतदाता शिक्षाको अभावबाट पार्टीलाई आउने एउटा भोट पनि खेर जान नदिन पार्टीका अगुवा कार्यकर्ताहरु सजग हुनु पर्ने बताएका छन् । हाम्राकुरा डक कम र इआइसिटि नेपालले आइतवार काठमाडौमा गरेको मतदाता शिक्षा अन्तरक्रिया कार्यक्रममा बोल्दै अमात्यले मतदान गर्ने र मतपत्र पट्टयाउने वारेमा भोट दिन आउनु अघि नै मतदाताहरुलाई सचेत बनाउनु पर्ने आबस्यकता औंल्याए ।

उनले भने, ‘मतपत्र पट्याउने वारेमा मलाई पनि त्यती धेरै जानकारी रहेनछ । मलाई नै थाहा नभए, अरु सर्वसाधारणले कसरी थाहा पाउछन ? ’चुनाव अघि नै मतदाता शिक्षालाई घर घरमा लैजान आबश्यक भएको पनि उनले बताए । उनले भने, ‘घरदैलो कार्यक्रममा पनि मतदाता शिक्षावारेमा भन्ने गरेका त हुन्छौ तर त्यो अपर्याप्त रहेछ । अब घर घरमै शिक्षा दिनुपर्छ । ’कसरी मतदान गर्ने, स्वस्तीक छाप कहाँ लगाउने, छाप लगाइसके पछि कसरी पट्याउने आदि कुरा घरमै गएर मतदाताहरुलाई सिकाउन उनले आफ्ना पार्टीका अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे ।  कार्यक्रममा नेपाल बार एशोसियसन ललितपुरका अध्यक्ष दिपक विष्टले मतदाता शिक्षाको अभाव ग्रामिण क्षेत्रमा बस्ने जनताको तुलनामा शहरी क्षेत्रमा बस्ने मतदाताहरुमा देखिएको तथ्य सुनाए ।

कार्यक्रममा आयोजक संस्था हाम्राकुरा डककमका संचालक अजयबाबु शिवाकोटीले मतदान गर्ने र मतपत्र पट्याउने तरिकावारेमा उपस्थित सहभागीहरुलाई सिकाउदै भने, ‘हामीले मत दिए पनि मतदाता शिक्षावारेमा थाहा पाएनौ भने हामीले दिएको मत खेर जान्छ । विशेषगरी शहरी क्षेत्रका मतदाताहरु मतदाता शिक्षावारेमा चासो नराख्ने र पत्रपत्रिका, टेलीभिजनमा सूचना आयो भने सूचना सुन्न र हेर्न नचाहने प्रवित्तिले मतदाता शिक्षा घर घरमा पुग्न नसकेको उनले बताए । हाम्राकुरा डटकमले शहरी क्षेत्रका मतदातारुमा मतदाता शिक्षाका बारेमा चेतना जगाउने कार्यक्रम गर्ने उनले बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित