बस दुर्घटनामा ९ जनाको मृत्यु

accidentमकवानपुर : जिल्लाको मनहरीमा–३ स्थित रमनटारमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गंभिर रहेको बताइएको छ । दुर्घटनामा परेर ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो । घटना बिहान साढे ३ बजे भएको हो । मृतकमध्ये दुई जनाको परिचय खुलेको छ भने अन्यको खुल्न सकेको छैन । उदयपुर २५ का विनोद चौधरी र २७ वर्षीय सन्तोष चौधरीको पहिचान खुलेको हो । दुर्घटनामा घाइते ३१ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित