औषधि बनाउन भित्राएको लागुऔषध रसायन सहित संघाई पक्राउ

laguकाठमाडौं ।औषधि बनाउन भनेर भित्राएको रसायन अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा व्यवसायी रतन संघाई पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले उनलाई शनिबार पक्राउ गरेको हो । सिउडोइफेड्रिन नामक सहायक रसायन (प्रिक्रसर) अवैध कारोबारको आरोपमा संघाइ पक्राउ परेका हुन् । उनको कम्पनीबाट चार सय ९२ किलो सहायक रसायन बरामद भएको थियो । रुघाखोकीको औषधि बनाउन भनेर आयात गरी लागुऔषध कारोबारीलाई बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

 एमफेटामाइन (आइस ड्रग) बनाउने समूहलाई संघाई समूहले लामो समयदेखि बिक्री गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । लागुऔषध रसायन चीन र बर्मामा तस्करी संघाईको लगानी रहेको आर्या फर्मास्युटिकल्सले सो सहायक रसायन नेपाल भित्र्याई अवैध रूपमा बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । सहायक रसायन चीन र बर्मामा तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ,आजको नयाँ पत्रीकामा खबर छ  । ‘प्रतिकिलो १० हजार रुपैयाँमा आयात गरेर एक लाख रुपैयाँसम्ममा बिक्री हुँदै आएको खुलेको छ,’ ब्युरोका एक अधिकारीले भने, ‘औषधि बनाउन नभई तस्करीकै लागि ठूलो मात्रामा सिउडोइफेड्रिन आयात गर्दै आएको देखिएको छ ।’ सिउडोइफेड्रिन स्विट्जरल्यान्डबाट आयात सिउडोइफेड्रिन सहायक रसायन स्विट्जरल्यान्डबाट नेपालमा आयात हुने गरेको छ । प्रहरीका अनुसार नेपालबाट काँकडभिट्टा नाका हुँदै भारत पुर्‍याई त्यहाँबाट चीन र बर्मा पुर्‍याइन्छ । यसमा विभिन्न तहका लागुऔषध कारोबारीको गिरोह संलग्न रहेको प्रहरी अधिकारी बताउाछन् । दुरुपयोग हुनसक्ने भएकाले गृह मन्त्रालयको स्वीकृतिमा मात्र यस्तो सहायक रसायनको आयात गर्न पाइन्छ । तर, उक्त कम्पनीले अत्यधिक मात्रामा सिउडोइफेड्रिन आयात गरेपछि प्रहरी अधिकारीले शंका गर्दै आएका थिए ।

  दुई महिनाअघि पक्राउ परेका एक आइस ड्रगका कारोबारीबाट पनि प्रहरीले त्यससम्बन्धी थप सूचना पाएको थियो । ब्युरोले ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको संघाई ग्रुपबाट ४ सय ७१ केजी दशमलव ८८ केजी रसायन बरामद गरेको थियो ।  प्रहरीले सुरुमा आर्य फर्मा ल्याबका कर्मचारी दिलीप मण्डललाई २० केजी रसायनसहित पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्ने क्रममा पाटनस्थित प्लास्टिक उद्योगमा लुकाएको अवस्थामा थप रसायन बरामद भएको हो । आर्या फर्मास्युटिकल्सको उद्योग बाराको जितपुरमा छ । तर, काठमाडौंमा ल्याएर उक्त रसायन बिक्री गरिदै आएको थियो । प्रहरीले आर्या फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक मोहित हलनलाई पक्राउ गरिसकेको छ । हलनलाई बाराको जितपुरबाट तथा पण्डितलाई ज्ञानेश्वरस्थित आर्य फर्मा ल्याबबाट पक्राउ गरिएको हो । मण्डल भारतीय नागरिक हुन् । प्रहरीले घटनाको विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै छ । रतन संघाई एचपी ग्यासका सञ्चालक संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा एउटै कोठामा एकै किसिमका ९ सय ५२ डिब्बामा लुकाइराखेको अवस्थामा उक्त लागुऔषध बरामद भएको हो । प्राविधिकहरूसहित प्रहरीले उक्त कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको संघाई ग्रुपकै कम्पनी हो आर्या फर्मास्युटिकल्स । सो कम्पनीका सञ्चालक रतन एचपी ग्यासका सञ्चालक पनि हुन् । कमसल सिलिन्डर बिक्री गरेको आरोपमा गत महिना एचपी ग्यासमाथि कारबाही भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित