भक्तपुर जिल्लाब्यापी लोकनृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न

भक्तपुर ।
भक्तपुर जिल्लाब्यापी बिघालय स्तरिय लोकनृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । विद्यालयको रजत महोत्सवको अवसरमा पारेर क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको जिल्लाव्यापी लोकनृत्य प्रतियोगितामा मित्रश्री इङ्ग्लिस स्कूल प्रथम भयो भने इडेन गार्डेन इंग्लिस स्कुल दोस्रो, पारागन एकेडेमी तेस्रो र ऋतम्भरा पाठशालाले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा विमल मेमोरियल विद्यापिठले उत्कृृष्ट भेषभूषा पुरस्कार र मित्रश्री पाठशालाले उत्कृष्ट नृत्य निर्देशक पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । विजेता विद्यालयहरूलाई मेडल, ट्रफी, प्रमाण पत्र तथा नगद रु पुरस्कार क्रमशः दशहजार, आठहजार, पाँचहजार र चारहजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल जी.वी. खडकाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबोधन बास्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रम सहप्रिन्सिपल रामकुमार नेपालले संचालन गरेका थिए । विद्यालयले आफ्नो रजत महोत्सवका साथै विद्यार्थीमा रहको अन्तरनिहित क्षमताको उजागर गर्न आयोजित उक्त लोकनृत्य प्रतियोगिता सराहनीय रहेको कार्यक्रमका अतिथिहरुले बताएका थिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामाले विद्यालयले गरेको कार्यक्रमको प्रशंसा गर्दै वडा नं ६ मा क्वालिटी इंग्लिस सेकेन्डरी स्कूल रहेकोमा आफू गौरवान्वित रहेको बताए । कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का विशेष अतिथि र नमस्ते ख्वप टेलिभिजनका प्रवन्ध निर्देशक ऋषिकेश श्रेष्ठ अतिथि थिए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_8BzXSXEVJY_osqblsedra6j1qfgrs9vbugrra5ppi9c5uy5pqvielsvg7cp1xzjnxjynrfv.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_8bCi5IpHty_6gnhk4uklkwsylvvn8hg1eitlwq7fwhxn2behho3qmwgsmf5fp4qr3tnyo0k.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Q3xSrdeVUG_0w04ua06iuig258wp3ab7ou0e1h7zcavzbzqbplez903vnvsxamlbpmecyif.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_5OAzRVKOhc_evbjw6fkpacvprt4ff2udwgdbpkm03h5d5syzdlfpfrgiqn7fnwkhrbj77yj.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_fxDrYMbBXM_jz3ujch0ozryiww1cjhldfxgffiklfcuo9n4tbfk7u1y66bp1kb6jmxwpnnd.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_x3HSvPFMDt_g1wqve0sdlxzgbhddfnptc2qu3zqphpiqumnjzs0myboo72cs6jejboomegu.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_knMkeMgsXV_09kyjpqwzg6lqmdpj2vq7935kjen9ipydlfq4bsd5sbbxrqywcdpykxhdbcf.jpg)
प्रतिक्रिया