आज भोटोजात्रा आज देखाइँदै

A man shows ‘Bhoto’ during Bhoto Jatra festival as known as Rato Machhindranath Jatra at Jawalakhel in Lalitpur on Friday, June 7, 2013. Photo: Dipesh Shrestha/Nagarik/Republica

काठमाडौँ । यस वर्षको भोटोजात्रा आज देखाइँदैछ । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको थटीटोलबाट यही साउन ११ गते तानेर जावलाखेल पु-याइएको चौथो दिन आज भोटोजात्राको साइत परेको छ ।ज्योतिषीले साइत हेरी रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटीटोलबाट जावलाखेल पु-याएको चौथो दिन भोटो जात्रा देखाइन्छ ।एक हजार ३०० वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् थटीटोलबाट जावलाखेल रथ तान्ने साइत हेर्ने समूहका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो ।

 किंवदन्ती अनुसार टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे । खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे । किसानले हातको मयल माडेर औषधिका रूपमा रानीको आँखामा हालिदिए । संयोगवश आँखा निको भयो ।

  खुसी भएका नागराजले किसानलाई हिराजडित भोटो दिएर पठाए । एक दिन किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले । एउटा भूतले आएर भोटो लग्यो । त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटीटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो । त्यसबेलाका राजाले भोटोको प्रमाणसहित लिन आउनू भनी रथ जावलाखेल पु¥याएको चौथो दिन भोटो देखाउने चलन चलेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित