ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित