यमराज भागे पनि वीन वीन नेटवर्किङ बन्द गराउन अभियान

Win-Win-Networkingकाठमाडौं । आफूविरुद्ध समाचार आउन थालेपछि भूमिगत बनेका वीन वीन नेटवर्किङ प्रालिका मालिक यमराज तामाङ भूमिगत भएको लामो समय भएको छ । वीन वीन नेवर्किङको ठगी धन्दाको पर्दाफास भएपछि पैसा बुझाएका सदस्यहरूले धमाधम पैसा फिर्ता माग्न थालेपछि यमराज बेपत्ता भएका हुन् । आफ्नो मोबाइल फोन अफ गरेका यमराजले आजकाल एनसेलको नम्बर चलाउने गरेका छन् । म्यानपावर कम्पनीबाट ठगेर नपुगेपछि नेटवर्किङको धन्दामा लागेका यमराजले भारतको बनारसमा वीन वीन सञ्चालन गरेर नेपालमा ठगी धन्दा चलाएका हुन् । नेपालमा ठगी गरेको पैसा उनले भारतमा लगेर मोजमस्ती गर्ने गरेको स्रोतको भनाइ छ ।

 वीन वीनका सदस्यहरू पनि आजकाल भागेर हिँड्न थालेका छन् । सामान्य व्यक्तिहरूलाई पैसाको प्रलोभन देखाइ ठगी गर्दै आएको वीन वीन नेटवर्किङलाई नेपालबाट बन्द गराउन प्रहरीले अभियान सुरु गरेको छ । वीन वीनविरुद्ध उजुरी धमाधम पर्न थालेपछि यमराज तामाङ र उनको गिरोह भागेर हिँड्न बाध्य भएको हो । राजधानीका साथै काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, गोरखा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, कञ्चनपुरलगायतका जिल्लालाई तार्गेट बनाइ ठगी धन्दा गर्दै आएका यमराजका गतिविधि सुरुदेखि नै संकास्पद थिए ।

 सामाखुसीमा ओभरसिज र दोहोरी साँझ चालएका यमराज पहिला पनि ठगी धन्दामा सक्रिय थिए । उनी युनिटीका उत्पादन हुन् । युनिटी बन्द भएपछि वीन वीन नेटवर्किङ चलाए तामाङले । वीन वीनको नेटवर्किङको असली चरित्र थाहा पाएपछि सर्वसाधारणहरूले पैसा दिन छाडेका छन् । पैसा दिएकाहरूले पनि फिर्ता मागेर हैरान बनाएका हुन् । युमराजले आफू निकटकाहरूसँग नेटवर्किङको व्यवसाय छाडेर विदेश गइ बस्ने मन रहेको बताउने गरेका छन् । यूनाइटेड  पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित