युरो फाउण्डेशन कन्सल्टेन्सीका संचालक पक्राउ
काठमाडौं । अष्ट्रेलियामा रोजगारीको लागि पठाईदिने भन्दै लाखौं ठगी गरेको अभियोगमा युरो फाउण्डेशन कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् ।
नुवाकोट घर भएका रामजी अधिकारी, बिनोद अधिकारी र तेह्रथुमका आङखेवा लिम्बुले अष्टे«लियामा रोजगारीका लागि पठाउने भन्दै मोहन कार्कीबाट ४ लाख, कृष्णा लामिछानेबाट ५ लाख, राजन गौतमाबाट ३ लाख, दिपक पन्तबाट १ लाख ५० हजार, बिष्णु मल्ल ५ लाख ८० हजार लिई सम्पर्क विहिन भएपछि पीडित उनीहरुले महानगरिय अपराध महाशाखामा उजुरी हालेका थिए । महाशाखाको टोलीले गैह्रकानुनी तवरले रकम लिई ठगी गरेका युरो फाउन्डेशन कन्सलटेन्सी चलाई बसेका बिनोद अधिकारीलाई पक्राउ गरी ठगी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । युरो फाउन्डेशन कन्सलटेन्सीले २०६९ सालदेखी गैह्रकानुनी रुपले मानिसहरुलाई अष्ट्रेलियामा पठाई कार्गोमा लोड–अनलोडको जागिर लगाई दिने भनि पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । महाशाखाले विदेशमा रहेका यूरो फउण्डेसनका अर्का सञ्चालकलाई पनि पक्राउका लागि पहल गरिरहेको जनाएको छ ।
प्रतिक्रिया