डा. केसीलाई युवा र आमा समूहको समर्थन
काठमाडौं : चिकित्सा क्षेत्रको विकृति अन्त्यका लागि आठौं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको आमरण अनसनप्रति युवा समूह र प्रयास महिला समितिले ऐकेवद्धता जनाएका छन् । शुक्रबार डा. केसीको मागप्रति समर्थन जनाउँदै केसी अनसनरत त्रिवि शिक्षण अस्पताल पुगेको उक्त समूहले केसीलाई भेट गरी समर्थन जनाएका हुन् । योगेश सिटौलाको नेतृत्वमा गएको युवा समूहमा विद्यार्थीहरुको सहभागिता रहेको थियो भने छेमजुम गुरुङको नेतृत्वमा गएको महिला समूहमा १५ जना भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो । आठौं चरणको आमरण अनसन थालेका प्रा. डा. केसीले आमरण अनसन सुरु गरेको १३औं दिनमा उक्त युवा समूह पुगेको हो । ‘डा केसीको आन्दोलनप्रति नैतिक समर्थन गर्नका लागि हामी यहाँ आएका हौं ।, डा. केसीप्रति हाम्रो साथ र समर्थन रहनेछ ।’–युवा समूहको नेतृत्वकर्ता सिटौलाले भने । युवा समूहमा असिम पण्डे, सागर सिंह, इश्वर गौतम, सितल खत्री, सन्देश अर्याल, भाष्कर रिजाललगायत झण्डै ६० जनाको सहभागिता रहेको थियो । ‘सरकारले डा. केसीमा माग पूरा नगरे हामी पनि आन्दोलन गर्न बाध्य हुनेछौं ।’ सिटौलाले भने–‘डा. केसीको माग जायज छन्, जायज माग सरकारले पूरा गर्नैपर्छ ।’ कार्यक्रममा युवाहरुले सभासद्हरु समेत मौन बसेको भन्दै आपत्ति प्रकट गरेका थिए । उक्त कार्यक्रममा सहभागि प्रयास महिला समितिका अध्यक्ष छेमजुम गुरुङले डा. केसीका माग नेपाली जनताप्रति समर्पित भएकाले आफूहरुले पनि समर्थन जनाएको बताइन् । उहा“को माग छिटो भन्दा छिटो पूरा होस भन्ने महिला समितिको चाहना रहेको गुरुङले बताइन् । महिला समूहमा आशा सिटौला, छिरिङ बस्नेत, पवित्रा थापा, नम्रता रायमाझीलगायतको सहभागिता रहेको थियो । उक्त समूहले त्रिवि शिक्षण अस्पताल परिसमा -यालीको समेत आयोजना गरेका थिए । आइओएम अध्ययनरत विद्यार्थीहरु यशोदा रिजाल र गोविन्द भण्डारीको नेतृत्वमा गरिएको उक्त -यालीमा युवाहरुले शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप बन्द गर, जनताको स्वास्थ्यमा व्यापार नगर, देशको वेथिती विरुद्ध लड्ने कि संधै देश खत्तम भयो भन्ने उल्लेख गरेका पर्चा बोकेका थिए । डा. केसी ४ बुँदे माग राख्दै आठौं पटक आमरण अनसन बसेका हुन् । डा. केसीले सबै सरकारी मेडिकल शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै सिट निस्शुल्क गरियोस् । आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेका, भ्रष्टहरूलाई संरक्षण दिएका र अरू जिम्मेवार पदाधिकारीहरूलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदुअआ प्रमुख लोकमानसिंह कार्कीमाथि तत्काल संसद्ले महाभियोगको प्रक्रिया अघि बढाओस् । र, सम्बन्धित आयुक्तहरूलाई पनि कारबाही गरियोस् । माथेमा प्रतिवेदनको सुझावविपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गरियोस्लगायतका मागहरु राखेका छन् ।
प्रतिक्रिया