संसदिय समितिको फन्दामा लोकमानसिंह कार्की

lokmanकाठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र पदाधिकारीलाई छलफलमा बोलाउने निर्णय गरेको छ। शुक्रबारको बैठकले आइतबार प्रमुख आयुक्त कार्कीलाई बोलाउने निर्णय गरेको हो। बैठकमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफल गरेको थियो । समितिले हस्तक्षेपको बिषयमा छानबिनको लागि उपसमितिसमेत बनाउने निर्णय गरेको छ ।
  समितिको बैठकमा सांसद अमनलाल मोदीले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बिषयमा सांसदहरुले खुलारुपमा छलफल गर्ने हिम्मत गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद महेश आचार्य, एनपी साउद, अर्जुननरसिंह केसी, ध्रुव वाग्ले, एमालेका अमर थापा, सुशीला नेपाल, हर्कबोल राई, एमाओवादीका सांसद अमनलाल मोदी, जनकराज जोशी, अनिता परियार, सद्भावना पार्टीका नरसिंह चौधरी, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद साहलगायत अधिकांश सांसदले प्रमुख आयुक्त कार्कीलाई बोलाउन माग गरेका थिए।
   काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग अख्तियारले हस्तक्षेप गरेकोलगायतका माग राख्दै  त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी तेह्रौं दिनदेखि अनसन बसेका छन्। चिकित्सा क्षेत्रका विकृति र त्यसमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख कार्की र पदाधिकारीसमेत जोडिएपछि व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले त्यस सम्बन्धमा बुझ्न काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई शुक्रबार छलफलमा बोलाएको थियो। नेपाली कांग्रेसका गगन थापा, सांसद श्याम श्रेष्ठ र धनराज गुरुङले समितिमा लिखित रूपमै ध्यानाकर्षण गराएपछि समितिले काठमाडौं विश्वविद्यालयलाई बोलाएको थियो।
   काठमाडौं विश्वविद्यालयका रजिष्टार भोला थापाले अख्तियारले विश्वविद्यालयमा हस्तक्षेप गरेको र विश्वविद्यालयको कम्युटरमा प्रयोग गरिएको सीपीयूसमेत लिएर गएको बताएका थिए  ।उता,एनसेलको ३५ अर्व लाभकर बिबाद प्रकरणमा पनि लोकमानको भूमिका संकास्पद देखिएको छ।  सार्वजनिक लेखा समितिले कर असुल गर्न  अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी एनसेल कारोबारमा विगतमा पनि कर छलीको भएको हुन सक्ने आशंका गर्दै छानबिन गर्न निर्देशन दिएको महिनौं वितिसकेको छ ।
 तर अख्तियारले त्यसबारेमा  अहिलेसम्म पनि जवाफ पठाएको छैन।  अर्थ  समितिले पनि अर्थ मन्त्रालयलाई पत्र लेख्दै लाभकर असुल्न निर्देशन दिइसकेको छ । लेखा समितिले पठाएको पत्रलाई अवज्ञा गर्ने अख्तियार प्रमुख लोकमानविरुद्ध डा. गोविन्द केसीले त्यसै महाअभियोगको प्रस्ताव उठाएका होइनन् । अन्तर्राष्ट्रिय भ्रष्टाचारी गणेश थापालाई सफाई दिने देखि मेडिकल कलेजमा अफू अनुकुल निर्णय गराई आतंक मच्चाएका लोकमानविरुद्ध यतिखेर सर्वसाधरण जनता पनि सडकमा उर्लिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित