हमाल छुट्टिए लगत्तै इनोभेटिभको सदस्यता खारेज

INLOGOकाठमाडौं : महानायक राजेश हमाललाई ‘ब्राण्ड एम्बेसडर’ बनाई विद्यार्थीमाथि ठगी गर्ने देखि मिटर व्याजको धन्दामा सक्रिय इनोभेटिभ नेपाल एजुकेशन कन्सलटेन्सी कारबाहीमा परेको छ । विद्यार्थीमाथि ठगी गरेको पुष्टि भएपछि एजुकेशन कन्सलटेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यानल)ले इनोभेटिभलाई गत साता कारबाही गरी सदस्यता समेत खारेज गरेको छ । हमाल इनोभेटिभको ब्राण्ड एम्बेसडर बनेपछि इनोभेटिभका सञ्चालक कपिल बर्माले विद्यार्थीमाथि ठगी गर्ने र विभिन्न व्यक्तिबाट उठाएको पैसा मिटर व्याजमा लगानी गर्ने धन्दा नै चलाएका थिए । आफ्नो नाम बेचेर गैर कानुनी धन्दा चलाएको थाहा पाएपछि महानायक हमालले इनोभेटिसँग कहिल्यै पनि नजोडिने गरी सम्बन्ध टुटाए लगत्तै इक्यानले पनि सदस्यता खारेज गरेको हो । इनोभेटिभका सञ्चालक बर्माले ठगी मुद्दामा महानगरिय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ओमकार गु्रपका सञ्चालक सनिष मिश्रलाई १० करोड भन्दा बढी रकम लगानी गरेको पनि खुलिसकेको छ । वर्माले काभ्रे जिल्ला माओवादी केन्द्रका अध्यक्ष कसम गुरुङसँग २ करोड तथा प्रहरीका वहालवाला केही निरीक्षकको करोडौं रुपैयाँ व्याजमा लिई मिश्रलाई लगानी गरेको स्रोतको भनाई छ । अहिले मिश्रको कार्यालयमा पैसा दिएका व्यक्तिहरु फिर्ता माग्न जाँदा बाहिर हल्ला नगर्नुहोस्, म समयमै फिर्ता गर्छु भन्दै झुलाउने गरेको एक पीडितले बताए ।

प्रतिक्रिया

सम्बन्धित