निर्वाचनको आचारसंहिताको खिल्ली उडाउँदै माओवादीका उम्मेदवार जमकट्टेल

धादिङ : नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले निर्वाचनको आचारसंहिताको खिल्ली उडाएका छन् । बाम गठवन्धनका तर्फबाट धादिङ क्षेत्रनम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार जमकट्टेलले गोप्य मतदानको खिल्ली उडाएका हुन् । उनले मतदान गरेका मतपत्र सार्वजनिक गरेका छन् । आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न नपाइने नियम उल्लंघन गर्दै उनले मतपत्र सार्वजनिक गरेका हुन् । जमकट्टेलले आफूले गरेको मतदान संचारकर्मी र त्यहाँ उपस्थिति सबैलाई देखाउँदै फोटो समेत खिचाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित