आइजीपी अर्यालले कसको आदेश मान्छन् ?

काIGP-Aryalठमाडौ । एमाले नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि बलियो बनेका नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले राहतको सास फेर्न थालेका छन् । एक डिआइजीलाई समय नै नपुगी भावी आइजीपीको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री शक्ति बस्नेतकी श्रीमती सत्या पहाडीले दबाब दिएपछि तनावमा पर्दै आएका आइजीपी अर्यालले अहिले राहतको सास फेर्न थालेका हुन् । किनकी ति डिआईजीलाई एआईजी नबनाए अर्याललाई हटाइदिने डर एकातिर फैलाइएको थियो भने अर्कोतिर एआईजीहरु राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा र यादव अधिकारीको आइजीपी बन्ने छुट्टाछुट्टै खेलले अप्ठेरो बनाएको थियो । पछिल्लो समयमा आफ्ना मित उपेन्द्र महतोमार्फत माओवादी अध्यक्ष प्रचण्डसँग सेटिङ मिलाई पद टिकाएको चर्चा पाएका आइजीपी अर्यालले माओवादी सरकारबाट बाहिरिएपछि प्रहरीमा अब राजनीतिक हस्तक्षेपको अन्त्य भएको छ जस्ता अभिव्यक्ति दिन थालेका छन् । माओवादीले सरकार छाड्नु एक दिन अघि मात्र अर्यालले काठमाडौंमा मेरो साथी कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री बस्नेतकै सामु भनेका थिए,‘अब प्रहरी माथिको आदेशले नभई देशको कानुन र विधिबाट चल्छ ।’ अर्यालले राजनीतिक दलको आदेशले प्रहरी संगठन चल्न नसक्ने बताएका थिए । तर, एक एआईजी भन्छन्–‘राजनीतिक दलको आदेशले प्रहरी संगठन चल्न नसक्ने बताउने अर्यालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीका कस्ता–कस्ता आदेश मानेका छन्, त्यसको पनि लेखाजोखा हुनुपर्छ ।’ आईजीपी अर्याललाई पछिल्लो समय अख्तियार प्रमुख कार्की, प्रधानमन्त्री ओली र गृहमन्त्री पत्नी पहाडीले सरुवा र बढुवामा दबाब दिने गरेका थिए । गृहमन्त्री शक्ति बस्नेतले श्रीमती पहाडी मार्फत सरुवा र बढुवाको सूची प्रहरी प्रधान कार्यालय पठाउने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित