शेरबहादुर र प्रचण्डको आग्रहमा गुगल ब्वाइलाई पैसा दिएको हुँ : प्रधानमन्त्री

kpकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहाल (गुगल ब्वाइ) लाई दिइएको एक करोड रुपैयाँ औचित्यपूर्ण भएको दावी गरेका छन् । साथै उनले शेरबहादुर देउवा र प्रचण्डको आग्रहमा नै ‘गुगल ब्वाइ’लाई मन्त्रिपरिषद्ले १ करोड दिने निर्णय गरेको समेत बताएका छन् । सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा ‘सीधा कुरा पीएमसँग’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मलेसियाबाट राजु पुनले गुगल ब्वाइलाई किन एक करोड दिइएको भनी प्रश्न गरेका थिए । साथै कार्यक्रम सञ्चालकले महावीर पुनलाई सरकारले पैसा नदिइएको प्रशंग कोट्याउँदै ‘भविश्य बताउनेलाई १ करोड, भविश्य बनाउनेलाई जीरो’ किन भन्ने प्रश्न प्रधानमन्त्रीसमक्ष राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले ‘गुगल ब्वाइ’को प्रशंसा गर्दै उनमा दैवी शक्ति रहेको भाव प्रकट गरे । प्रधानमन्त्री ओलीले भने–‘आदित्य दाहाल एउटा असाधारण, विलक्षण प्रतिभामात्रै होइन, प्रतिभाभन्दा पनि पृथक १ त्यसलाई के नाम दिने ?’ ‘महावीर पुनको एउटा खोज अनुसन्धानसम्बन्धी संस्था बनाउने प्रस्ताव छ । त्यसलाई ध्यान दिइएको छ र सकेसम्म छिटै त्यसमा केही–केही स्पष्ट पार्नुपर्ने कुराहरु सम्बन्धित मन्त्रीहरुरुले गर्नुभएको थियो र स्पष्ट पारेर ल्याउनुभनेको छु मैले । र, छिटै नै उहाँको काम त्यो अगाडि बढाउँछौं हामी ।’ प्रधनमन्त्रीले कार्यक्रममा भने । महावीर पुनजीलाई पैसा दिने कुरा होइन । महावीर पुनजीलाई पैसा दिने कुरा होइन कि उहाँको जुन सोच छ, त्यो योजनालाई, आयोजनालाई, त्यस कामलाई दिने हो । भोलिदेखि महावीर पुनलाई यति करोड दियो भनेर हल्ला चल्छ, त्यस्तो उहाँलाई दिने होइन, उहाँको अगुवाइमा गरिने कामलाई दिने कुरा हो । त्यो सरकारले गर्छ । अब आदित्य दाहालको प्रशंगमा, आदित्य दाहाल एउटा असाधारण विलक्षण प्रतिभामात्रै होइन, प्रतिभा भन्दा पनि पृथक । त्यसलाई के नाम दिने ? पढाइ लेखाइ नभएको बच्चाले एउटा भाषामात्रै होइन, चिनियाँ भाषामा पनि लेखेर जवाफ दिने, रुसीमा पनि दिने, अर्को अंग्रेजीमा पनि दिने । यी सप्पै पढाइ लेखाइ नभएको बच्चाले कसरी गर्ने ? त्यसो भएको हुनाले यो उपचार पनि हुन्छ कि भन्ने भएपछि । आदित्य दाहालले नै लेखेछन् कि अमेरिकाको अस्पतालमा उपचार गर्दा ठीक हुन्छ कि भनेपछि आदित्य दाहाललाई उपचारका लागि दिएको त्यो पैसा बचेको थियो । उनीहरुले ल्याएर हाम्रो उपचारमा यति लागेन भनेर त्यो पैसा फिर्ता गर्दिए । आदित्यको बुबाले पहिलेको सरकारले दिएको एक करोड पनि फिर्ता गर्नुभो । थोरैमात्रै खर्च भो, अरु फिर्ता गर्नुभो । त्यसमा त्यो अलिकति रकम थपेर फेरि यसपटक दिएको हो । शेरबहादुरजीसँग मैले भेट्दा पनि उहाँले मलाई आदित्य दाहाललाई रकम सहयोग गरेकोमा धन्यवाद भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित