राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ

काठमाडौं । संघीय संसदको राष्ट्रियसभाका दुई समितिमा सभापति चयन भएका छन् ।

सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन् । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी हुन् ।

निर्वाचित दुवै समितिका सभापतिलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका छन् ।


 

प्रतिक्रिया

सम्बन्धित